२५ भदौ, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज विमानस्थलबाट २६ लाख रुपैयाँ नगदसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।
विमानस्थलमा चेकजाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता नारायण डाँगीले जानकारी दिए ।
उनले कर अधिकृत सापकोटासँगै आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा कार्यरत दीपक पौडेल फरार भएको बताए ।
सापकोटा सो रकम लिएर नेपालगञ्जबाट श्री एयरलाइन्सको विमानबाट काठमाडौं जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
२०१ पटक हेरीएको