मुख्य समाचार

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिवबीच न्यूयोर्कमा भेटवार्ता

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिवबीच न्यूयोर्कमा भेटवार्ता

१ असोज, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री दाहाल र महासचिव गुटेरेसबीच कूटनीतिक सम्बन्धका क्रममा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको थियो ।

महासभामा सहभागी हुन शनिबार साँझ अमेरिकाको भ्रमणमा निस्किएको प्रधानमन्त्रीको प्रतिनिधिमण्डल आइतबार न्यूयोर्क पुग्यो ।

न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा प्रधानमन्त्री दाहाललाई संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले न्यानो स्वागत गरेका थिए ।

प्रधानमन्त्री दाहालको बिहीबारको महासभालाई सम्बोधन गर्ने एजेण्डा रहेको छ र त्यसपछि उनी चीनको कूटनीतिक भ्रमणमा जान लागेका हुन् ।

१७८ पटक हेरीएको

सम्बन्धित समाचार