२ असोज, दैलेख । दैलेखमा चट्याङ लागेर १६ वर्षीय बालकको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । महाबु गाउँपालिका–३ निवासी किशोर दाहालको गएराति चट्याङ लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपक विष्टका अनुसार महाबुस्थानको एक्ले सल्लोमा चट्याङ परेर घटना भएको हो । किशोर दाहाल स्थानीय महादेव मन्दिरबाट तीज पर्वमा सहभागी भई समूहमा फर्कदै गर्दा चट्याङ लागेर उनको असामयिक निधन भएको हो ।
सोही घटनामा उनीसँगै रहेका अन्य आठ जना पनि घाइते भएको प्रहरीले पुष्टि गरेको छ । घाइते किशोरको दैलेख जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
१७२ पटक हेरीएको