समाचार

मौसम: देशका सबै प्रदेशमा आज वर्षाको सम्भावना

मौसम: देशका सबै प्रदेशमा आज वर्षाको सम्भावना

असोज ५, काठमाडौं । देशका सबै प्रदेशमा वर्षाको सम्भावना रहेको छ भने केही प्रदेशमा भारी वर्षा र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाले यस्तो अवस्थालाई मध्यनजर गर्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

अन्य प्रदेशका केही स्थानमा पनि यस्तै अवस्था रहने अनुमान गरिएको छ । यस अवधिमा कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै दिउँसो कोशी प्रदेशका मधेस र तराईका एक–दुई स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

१५३ पटक हेरीएको

सम्बन्धित समाचार