समाचार

ठूलो परिमाणमा अवैध नगदसहित टिआइएमा भारतीय नागरिक पक्राउ

ठूलो परिमाणमा अवैध नगदसहित टिआइएमा भारतीय नागरिक पक्राउ

कार्तिक १, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा अवैध नगद चिनियाँ मूलका एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सिचुवान प्रान्तबाट आएका थिन्ले छोदेनलाई विमानस्थलबाटै पक्राउ गरिएको कार्यालय प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्द ठकुरीले जानकारी दिए ।

उनको साथबाट प्रहरीले १६ हजार ४२० अमेरिकी डलर, ५४ हजार ४ सय ५१ चिनियाँ युआन र ५ हजार भारतीय रुपैयाँ बरामद गरेको छ । ती व्यक्ति टिआएबाट दिल्ली जाने क्रममा प्रहरीले पक्राउ गरेको बताइएको छ । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा राखिएको छ ।

यात्रुबाट बरामद रकम रु ३१ लाख ५० हजार रहेको बताइएको छ ।

१४४ पटक हेरीएको

सम्बन्धित समाचार