कार्तिक ७, काठमाडौं । बडादशैंको महत्वपूर्ण दिन विजयादशमी आज नेपालभर जेष्ठ नागरिकबाट टीका र आशीर्वाद लिएर हर्षोल्लासका साथ मनाइँदैछ । टीका ग्रहणको शुभ साइत आज बिहान ११:०२ बजे रहेको छ । आजको दिन शुभ हुने भएकाले आज दिनभर टीका ग्रहण गर्न सकिन्छ ।
दशैंघरमा नौ दिनसम्म चल्ने श्रीदुर्गा भवानीको पूजा आराधना विजयादशमीका दिन विधिपूर्वक अभिषेक वा पवित्र जल छर्किएपछि टीकाको आरम्भ हुन्छ । मानिसहरूले पूर्णिमासम्म टीका र जमरा ग्रहण गर्छन्। टीका र जमरालाई देवी नवदुर्गाको शुभ उपहार मानिन्छ र तिनीहरूले समृद्धिको प्रतीक मानिन्छ। विजयादशमीको शुभदिनमा कुनै नयाँ काम, अभियान वा यात्रा गरेमा शुभ घडी खोज्नु नपर्ने जनविश्वास छ ।
असत्यमाथि सत्यको विजय र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको सम्झनामा विजयादशमी पर्व मनाइन्छ ।
२२५ पटक हेरीएको