कार्तिक ११, काठमाडौं । मुगुको छायानाथ रारा गाउँपालिकामा एकै परिवारका ४ जनाको हत्या भएको छ ।
छायानाथ रारा वडा नम्बर ६ माण्डु गाउँकी २६ वर्षीया श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज बोहरा, १ वर्षीय राहर बोहरा र ७ वर्षीया छोरी रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । अप्सरा बोहराको हत्या भयो । घटनाको प्रारम्भिक अनुसन्धानका अनुसार मृतक श्रीदेवी र उनका छोराछोरीलाई कात्तिक ८ गते बुधबार बिहान आफ्नो मामाघर कोटिल्लाबाट दशैं मनाएर फर्केका थिए र सोही रात उनको हत्या भएको थियो ।
९ गते बिहानैदेखि आफ्नो घर बाहिरबाट ताला लगाइएको र आज बिहान मात्रै गाउँलेहरूले ढोकाको ताला तोडेर भित्र हेर्दा चार जनाको हत्या भएको देखेको मुगु संवाददाता विनोदकुमार मल्लले बताए ।
मृतक श्रीदेवी बोहराका श्रीमान् दीपक बोहरा वैदेशिक रोजगारीमा छन् ।
२७४ पटक हेरीएको