३ मंसिर, काठमाडौं । शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा र हर्षोल्लासका साथ मनाइँदैछ ।
चार दिनसम्म चल्ने यो छठ पर्वको मुख्य विधि साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर सुरु हुन्छ । तराईका जिल्लामा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली जिल्लामा मनाइँदै आएको छ । सोही अनुसार दर्शनार्थीहरूले व्रत बसेर पवित्र स्नान गरी जलभित्र उभिएर सूर्यको आराधना गरी अस्ताउँदो सूर्यलाई प्रसाद र अर्घ दिने गर्छन् ।
जनकपुरधाममा स्थानीय ऐतिहासिक पोखरी गंगासागर, धनुससागर, रामसागर, रत्नसागर, विहारकुण्ड, अर्गजा, महाराजसागर, अग्निकुण्डलगायतका पोखरीमा मानिसको भीड लागेको छ । स्टेजमा बाँसको बार र केराका रूखहरू र धेरै रंगीन प्रकाशहरू राखिएको छ। यस पर्वका अवसरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । त्यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले छठजस्ता पर्वले विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव र एकता अभिवृद्धिमा टेवा पु¥याउने बताउनुभएको छ ।
शुभकामना सन्देशमा पूर्वराष्ट्रपतिले यस पर्वबाट राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
१९७ पटक हेरीएको