४ मंसिर, काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले शान्ति सुरक्षाको चिन्ता बढाउँदै युवा संघ र दुर्गा प्रसाईंले मंसिर २३ गते हुने कार्यक्रम एउटै ठाउँमा हुन नदिने घोषणा गरेको छ ।
सुरुमा काठमाडौंको माइतीघर मण्डलमा शक्ति प्रदर्शनका लागि तोकिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एउटै स्थानमा एकैपटक दुवै पक्षका कार्यक्रम गर्न नपाइने बताए । ‘माइतीघर मण्डला मात्र होइन, काठमाडौंमा एउटै स्थान, समय र मितिमा दुई फरक पक्षका कार्यक्रम गर्न पनि अनुमति हुँदैन’, बस्नेतले जोड दिए, ‘वैकल्पिक ठाउँमा कार्यक्रम गर्न आग्रह गर्छौं । ।”
उनले तीनकुने, खुल्लामञ्च, नारायणचौर, माछापोखरी र कीर्तिपुरलाई वैकल्पिक स्थानको रूपमा सुझाव दिए। जिल्ला प्रशासन कार्यालयले आ–आफ्नो कार्यक्रमका लागि वैकल्पिक स्थल छनोट गर्न निर्देशन दिने संकेत गर्दै दुवै पक्षका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ । नेकपा (एमाले)का नेता महेश बस्नेत नेतृत्वको युवा संघले मंसिर २३ गते हुने कार्यक्रममा शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएको छ भने दुर्गा प्रसाईंको अभियानलाई प्रशासनले स्वीकार गर्न सकेको छैन । यसैबीच, दुई पक्षबीचको सम्भावित टकरावलाई मध्यनजर गर्दै गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग छलफल गरेको छ ।
माइतीघर मण्डलामा एकैसाथ दुवै कार्यक्रम सञ्चालन गर्न दिएमा तनाव नियन्त्रण बाहिर जान सक्ने चिन्ता व्यक्त गरिएको थियो ।
२१२ पटक हेरीएको