६ मंसिर, काठमाडौं । काठमाडौंको माइतीघरमा लगाइएको निषेधाज्ञालाई चुनौती दिने रिटमाथि आज सुनुवाइ हुने भएको छ ।
माइतीघर मण्डलालाई निषेधाज्ञा जारी गर्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट निवेदनमा उल्लेख छ । अधिवक्ता स्वागत नेपालले हतियारविना शान्तिपूर्ण भेला हुन पाउने नागरिकको अधिकार कुण्ठित गर्ने उद्देश्यले उक्त आदेश दिएको दाबी गर्दै मंगलबार रिट दायर गरेका थिए । रिट निवेदनमा स्थानीय प्रशासनको निर्णय उल्टाउन र नागरिकलाई शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन सक्ने गरी निषेधाज्ञा हटाउन माग गरिएको छ ।
गत सोमबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंको पुतलीसडकको पद्मोदय मोडबाट सर्वोच्च अदालत हुँदै नयाँ बानेश्वरसम्म फैलिएको माइतीघर मण्डलालाई ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको थियो ।
१७७ पटक हेरीएको