२६ पौष, काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोपमा ८ वर्षको जेल सजाय सुनाएको छ । पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि आदेश दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले यस्तो आदेश दिएको हो । सन्दीप लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले उक्त आदेशविरुद्ध पुनरावेदन अदालतमा पुनरावेदन गर्ने जानकारी दिएका छन् ।
२२० पटक हेरीएको