६ माघ, काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले आज अज्ञात श्रोतबाट रु दुई करोड ३० लाखभन्दा बढी रकमसहित चार जनालाई पक्राउ गरेको छ ।
टोलीले सो रकमसहित नरेश अग्रवाल र उनका सहयोगीलाई पक्राउ गरेको विभागका महानिर्देशक नवराज ढुंगानाले राष्ट्रिय समाचार समितिलाई जानकारी दिए । विभागको टोलीले अग्रवालको घरमा छापा मार्दा उक्त रकम फेला परेको बताइएको छ । बरामद गरिएको रकम अवैध ‘हुण्डी’ कारोवार भएको हुनसक्ने अनुमान गरिएको छ ।
महानिर्देशक ढुंगानाले पक्राउ परेकालाई थुनामा राख्न अदालतबाट मिति लिने तयारी गरिरहेको महानिर्देशक ढुंगानाले जानकारी दिए ।
१६८ पटक हेरीएको