कोशी

राष्ट्रियसभा निर्वाचनः कोशी प्रदेशबाट सिटौला र कोइराला निर्वाचित

राष्ट्रियसभा निर्वाचनः कोशी प्रदेशबाट सिटौला र कोइराला निर्वाचित

१२ माघ, काठमाडौं । कोशी प्रदेशबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)का रुक्मणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

कांग्रेसका सिटौला ‘अन्य’ वर्गमा ५ हजार २ सय ९२ मत प्राप्त गरी विजयी भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेलले ४ हजार ५२६ मत प्राप्त गरेको निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले आज साँझ जानकारी दिए । त्यसैगरी महिलातर्फ एमालेकी रुक्मणी कोइरालाले ५ हजार ८६ मत प्राप्त गरी नेकपा (माओवादी केन्द्र)की चम्पादेवी कार्कीलाई ४ हजार ९९२ मत प्राप्त गरी विजयी भएकी छन् । विजयी भएपछि निर्वाचन अधिकृत गौतमले विजयी सिटौला र कोइरालालाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । निर्वाचन आयोगको कोशी प्रदेश कार्यालय विराटनगरमा बिहान ९ बजेदेखि भएको निर्वाचनमा २७४ मध्ये २७१ मतदाताले मतदान गरेका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङले मतदानमा अनुपस्थित रहे भने मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रसाद गच्छदारले अस्वस्थताका कारण मतदान गर्न सकेनन् भने झापा जिल्लाको झापा गाउँपालिकाका अध्यक्ष पदबाट निलम्बनमा परेकाले मतदान गर्न सकेनन् ।

१५६ पटक हेरीएको

सम्बन्धित समाचार