मुख्य समाचार

सत्तारुढ गठबन्धनका साझेदारहरू आठ बुँदे सहमतिमा पुगे

सत्तारुढ गठबन्धनका साझेदारहरू आठ बुँदे सहमतिमा पुगे

२२ फागुन, काठमाडौं । नवगठित सत्तारुढ गठबन्धनका चार राजनीतिक दलबीच आठ बुँदे सहमति भएको छ ।

नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सरकारका लागि सहकार्य गर्ने आठ बुँदे सहमति भएको छ । सुशासन, विकासका लागि साझा सोच भएका शक्तिबीच सहकार्यको खाँचो बुझेर चार राजनीतिक दलको सहभागितामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार गठन गर्न दलहरु सहमत भएका छन् । सामाजिक न्याय र समृद्धि । राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार र राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्न पनि चार दल सहमत भएका छन् ।

त्यसैगरी, सरकारमा सहभागी दलहरु सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गर्न सहमत भएका छन् । मन्त्रालय बाँडफाँट गर्दा मन्त्रालयका विशेषतालाई ध्यानमा राखी नयाँ गठबन्धन सरकार गठन प्रक्रियामा ल्याउन अन्य राजनीतिक दलसँग आवश्यक संवादको पहल गरिनेछ । मुलुकमा दिगो शान्ति कायम गर्न सङ्क्रमणकालीन न्याय, शान्ति प्रक्रियालगायत यससँग सम्बन्धित विधेयकलाई चाँडोभन्दा चाँडो सहमतिमा टुंग्याउन चार दल सहमत भएका छन् । त्यसैगरी, सरकारको नीति तथा कार्यक्रमलाई निर्देशन दिन सरकारमा रहेका दलहरूबीच साझा न्यूनतम कार्यक्रम तयार गरी संघीयता कार्यान्वयनसम्बन्धी कानून बनाएर सबै तहका सरकारलाई प्रभावकारी बनाउने सहमति भएको थियो । सहमति कार्यान्वयनका लागि वर्तमान सरकार पुनर्गठन गरी नयाँ गठबन्धन सरकार गठन हुनेछ । राष्ट्रिय सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सुदृढ गर्दै समाजवाद उन्मुख सामाजिक–आर्थिक विकासका लागि राजनीतिक स्थायित्वतर्फ अघि बढ्न चार दल सहमत भएका छन् ।

आठबुँदे सहमतिमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

२३५ पटक हेरीएको

सम्बन्धित समाचार