अन्तराष्ट्रिय

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट निवेदन दर्ता भएको जानकारी दिएका छन्। उनले रातोपाटीसँग कुरा गर्दै भने, “मैले रिट निवेदन पेस गरेको छु, अहिले दर्ताको प्रक्रियामा छ।”

रिट निवेदनमा संविधानले प्रदत्त विचार, अभिव्यक्ति र सञ्चारको स्वतन्त्रता कुण्ठित हुने भन्दै सरकारको निर्णय बदर गर्न माग गरिएको छ। निवेदनमा नागरिकलाई कुनै पनि सामाजिक सञ्जालको प्रयोग र सञ्चालनमा अवरोध नहुने व्यवस्था गर्न सर्वोच्चसँग माग गरिएको छ।

रिट निवेदक त्रिपाठीले विपक्षीहरूलाई सामाजिक सञ्जाल प्रयोगमा रोक नलगाउन प्रतिषेधात्मक आदेश जारी गर्न पनि माग गरेका छन्।

२४८ पटक हेरीएको

सम्बन्धित समाचार