मुख्य समाचार

रोल्पामा मोटरसाइकल दुर्घटना, एक महिलाको मृत्यु

रोल्पामा मोटरसाइकल दुर्घटना, एक महिलाको मृत्यु

रोल्पा, रोल्पाको सहिद मार्गअन्तर्गत मिनही–हान्निङ सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। माडी–६ हान्निङकी ४७ वर्षीया अमृता कुमारी घर्तिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।

दुर्घटनामा मध्यम रूपमा घाइते भएका मोटरसाइकल चालकलाई उद्धार गरी उपचारका लागि पठाइएको डिएसपी बिरेन्द्र विर विश्वकर्माले जानकारी दिनुभयो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१७८ पटक हेरीएको

सम्बन्धित समाचार