राजपुर गाउँपालिका–वडा नं. २, बेला, दाङ निवासी सुरेन्द्र पुन विगत चार वर्षदेखि मधुमेह (Sugar) र उच्च रक्तचाप (High Blood Pressure) बाट ग्रसित हुनुहुन्छ। यी रोगका कारण उहाँले दुवै आँखाको ज्योति गुमाउनु भएको छ भने दुवै मृगौला (Kidney) पनि फेल भई हाल नियमित रूपमा डायलाइसिस गराइरहनु भएको छ।
डायलाइसिस गराउँदा पनि मृगौलामा जटिलता देखिन थालेकाले यथाशीघ्र मृगौला प्रत्यारोपण (Kidney Transplant) गर्नु अत्यावश्यक भएको छ। मृगौला दाताको व्यवस्था भइसकेको भए तापनि परिवारकाे आर्थिक अभाव का कारण प्रत्यारोपण प्रक्रिया अगाडी बढाउन कठिनाइ भइरहेको पुनको परिवारले बताएका छन्।
त्यसैले सुरेन्द्र पुनको जीवन रक्षा का लागि सक्दो आर्थिक सहयोग गरिदिनुहुन परिवारले अपिल गरेकाे छ।
सम्पर्कका लागि , मृगौला पिडित सुरेन्द्र पुन काे सम्पर्कका लागि सम्पर्क नं;-
📞 +977-9701128622
३५१ पटक हेरीएको
टेक मगर