रुकुम पश्चिमको बाँफिकोट -७ भम्पुमा जेसिबी दुर्घटना हुँदा सह- चालकको घटनास्थलमै मृत्यु भएको छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ को नदुवादेखि झारमारे जोड्ने भित्री सडक खण्डमा काम गर्ने क्रममा आज बिहान रा १ क १४०२ नम्बरको जेसिबी दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार मृत्यु हुनेमा जेसिबीका सह-चालक बाँकेका २८ वर्षिय भगिराम चौधरी रहेका छन्। चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो ।
जेसिबी चालक आठबिसकोट नगरपालिका १ का ४५ वर्षीय बले कामी भने फरार रहेका छन् । उनको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ । जेसिबी सडकदेखि ५ सय मिटर तल खसेको बताइएको छ ।
२११ पटक हेरीएको
टेक मगर