मुख्य समाचार

माओवादी उम्मेदवार वली शहिदपरिवारको घरमा पुग्दा रुवावासी

माओवादी उम्मेदवार वली शहिदपरिवारको घरमा पुग्दा रुवावासी

रोल्पा। नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट प्रतिनिधि सभा निर्वाचनमा रोल्पाबाट उम्मेदवारी दिएका चुडामणि वली “आदर्श”ले आफ्नै प्रतिस्पर्धि नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पुर्वअर्थमन्त्री बर्षमान पुनको गाउँ माडीचौर पुगेर चुनावी प्रचारप्रसारको सुरुवात गरेका छन ।

विहिबार साझ तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धकि शहिद सपनशिलाको घर माडीचौर पुगेर वलीले शपनशिलाका बुबा/आमाबाट अविर माला लगाएर चुनावी प्रचारप्रसारको सुरुवात गरेका हुन ।

सहिद सपनशिलाका बुबा जब्बर सिंह घर्ती “सुमन”ले वलीलाई अविर र माला लगाईदिदै जितको अग्रिम शुभकामना दिएका छन ।

आफुले धेरै बोल्न नजान्ने बताउदै घर्तीले भने- चुनावमा धेरै खर्च नगर्नुहोला, मकैको खाजा र ढिडो खादै हिड्नुस, तडकभडक नगर्नुस, आफ्नो सपना नछोड्नुस, जितको शुभकामना ।”,

उनले बर्षमानले पटकपटक जितेको र अहिले पनि रोल्पाको विकास गर्छु भन्दै उम्मेदवार बनेको आफुले सामाजिक संजाल फेसबुकबाट थाहा पाएको बताए ।

उनले बाटोघाटो बनाउने कुरा नियमित विकास भएको बताउदै भने- सडकबाटो बनाउने कुरा नियमीत विकास हो, मुख्य कुरा जनयुद्धमा उठाएको आमूल परिवर्तनको कुरा हो त्यो नछोड्नुहोला, चुनावमा हारजित हुन्छ, आमूल परिवर्तनको मुद्दालाई कहिल्यै नछोड्नु होला ।”,

यस्तै प्रतिनिधि सभाका उम्मेदवार वलीले सहिद परिवारको तर्फबाट आशीर्वाद लिदै शहिदको सपना र जनयुद्धको मुल मर्मलाइ आत्मसात गर्दै अगाडि बढ्ने बताए ।

वलीले भने- म चुनाव जितौला नजितौला, त्यो फरक कुरा हो, तर सहिद परिवार, घाइते अपांग र रोल्पाली जनातालाई धोका दिने छैन, म घरपरिवार सबै त्यागेर अहिलेसम्म जनताकै पक्षमा लडिरहेको छु र लडिरहने छु ।”,

उनले रोल्पामा ८ सय माथी सहिद परिवार भएकाले सबै शहिदपरिवारलाई सम्मान गर्दै सुमन दाईको घरमा आउने निर्णय गरेको बताए ।

उनले जनयुद्धमा सुमन दाईको ठुलो योगदान रहेको बताउदै भने- उहाँ त्योबेलादेखि नै विद्रोही स्वभावको हुनुहुन्थ्यो, अन्याय अत्याचार कहिल्यै सहनुभएन ।”,

आदर्शले त्यतिबेलाका शासकहरुलाई सुमन दाईले एक्लै तह लगाएको आफुले प्रत्यक्ष देखेको स्मरण गर्दै भने- उहाँ हाम्रो अभिभावक हो, हाम्रो नेता हो, अझै पनि उस्तै जोस जागर देखे, हामिलाइ सम्झाउदै आमूल परिवर्तनको मुद्दा नचोड्नु भनेको कुराले झन मलाइ भावुक बनायो।”,

सहिद परिवारले सहिद परिवारसंग भेट्दा रुवाबासी

शहिद परिवारलाई भेट्न प्रतिनिधिसमाका प्रत्यक्ष उम्मेदवार चुडामणि वली “आदर्श”, नेकपा माओवादीका पोलिटब्युरो सदस्य अमर झाक्री “सन्जिव”, समानुपातिक उम्मेदवार सम्झना घर्ती “असिना”, सन्तोषी बिक “सन्ध्या” केन्द्रिय सदस्य जागृती, आक्रोश, युवा संगठन नेपालको केन्द्रिय संयोजक विश्लेषण, केन्द्रिय सदस्य अपिल, जिल्ला सेक्रेटरी पृथ्वी लगायत नेता कार्यकर्ताहरु पुगेका थिए ।

सुरुमै चुनावी प्रचारको टोली सहिद परिवार जब्बर सिंह घर प्रवेश गर्यो । प्रवेश लगत्तै समानुपातिक उम्मेदवार सम्झना घर्तीको आँखा रसाए, कारण थियो सपनशिलाको बुबा भावुक भएको देखेर घर्तीका आँसु थाम्मिएका थिएनन । उनले सपनशिला जनयुद्धकालको देशकै टप टेनमा पर्ने सहासीक महिला भएको बताईन ।

आगामी फागुन २१ गते हुने चुनावका लागि प्रतिनिधि सभाका उम्मेदवार चुडामणि वली “आदर्श” विजयको आशीर्वाद लिन सुरुमै आफ्नो घरमा आएको देखेर शहिदका बाबा जब्बर सिंह भावविह्वोल भएका थिए । उनले रसाएका आँसु पुछ्दै माओवादीले देखेको सपना पूरा गर्न अन्तिमसम्म पनि पछि नहट्न आग्रह गरेका थिए ।

स्मरण रहोस शहिद परिवार भेट्न सहिदपरिवारको टोलि नै गएको थियो । जसमा चुडामणि वली “आदर्श”को कान्छो भाई खकेन्द्र प्रकाश वली “पर्वल”, सम्झना घर्ती “असिना”को श्रीमान दिल कुमार पुन “ज्वार”, दल बहादुर खत्री “जागृत”को श्रीमती विरमाली खत्री “विमला” र पृथ्वी डांगीको दाई नन्द बहादुर डांगी “संकल्प” जनयुद्धकै समयमा सहिद हुनुभएको थियो ।

को हुन शहिद सपनशिला ?

रोल्पा नगरपालिका ७ माडीचौरमा बुबा जब्बर सिंह घर्ती “सुमन”र आमा धना घर्तीको कोखबाट जन्म लिएकी रेवती घर्ती “सपनशिला” सानै उमेरदेखि क्रान्तिकारी स्वभावकि थिइन । विशेषत बुबाको क्रान्तिकारी राजनीतिक चेतनाबाट प्रेरित शपनशिला १५ बर्षकै उमेरमा २०५५ सालतिर माओवादी जनयुद्धमा लागेकी थिईन । उनी माओवादीमा लागेपछि जनमिलिसियको सदस्य, कलाकार हुँदै जनमुक्ति सेनाको कमाण्डर बनिन । त्यसपछि उनको २०६९ सालतिर रोल्पा नगरपालिका ६ कोटगाउँका लक्ष्मीनारायण घर्ती संग जनवादी विवाह भएको थियो ।

छोटो समयमै जनमुक्ति सेनाको कमाण्डर बनेकी सपनशिला
रुकुमको खारा, अर्घाखाँची लगायतका दर्जनौं भिडन्तमा सहभागी भैसकेकी थिइन ।

नेकपा माओवादीका केन्द्रिय सदस्य जगृतीका अनुसार तत्कालीन शाहि नेपाली सेनासंगको दोहोरो भिडन्तमा रोल्पाको भावाङमा २०६० सालमा उनको शाहदत भएको थियो ।

जागृतीले उनी वर्गसंघर्ष चर्केको बेला सामन्तहरुको विरुद्ध लड्ने शाहासी महिला भएको बताउछन । उनी भन्छन- म एरिया सदस्य थिए, त्यतिबेला नै उनिलाई मैले पार्टीमा कमिटेड गरेको थिए, उनी सानैदेखि अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाउने एक इमान्दार कमाण्डर थिइन ।

११४ पटक हेरीएको

सम्बन्धित समाचार