रोल्पा, रोल्पाको परिवर्तन गाउँपालिका–५, पुतलाचौरमा दोस्रो जिल्ला स्तरीय क्वानकिडो च्याम्पियनसिप आयोजना हुने भएको छ। प्रतियोगिता २०८२ साल चैत २८ गते शनिबार हुने तय गरिएको छ।
प्रतियोगितामा २५ केजीदेखि ६५ केजी तौल समूहसम्मका खेलाडीहरूले सहभागिता जनाउनेछन्। खेलाडीहरूबीच ५–५ केजीको अन्तरमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।
रोल्पामा क्वानकिडो खेल २०८० सालदेखि औपचारिक रूपमा सुरु भएको हो। यसअघि पहिलो जिल्ला स्तरीय च्याम्पियनसिप २०८१ सालमा त्रिवेणी गाउँपालिकामा सम्पन्न भएको थियो।
यस वर्षको प्रतियोगिता परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौरमा आयोजना गर्न लागिएको क्वानकिडो संघ रोल्पाका अध्यक्ष सुरेन्द्र वलीले जानकारी दिनुभयो।
८५ पटक हेरीएको