रोल्पा, त्रिवेणी गाउँपालिका–७ गाङ, रोल्पामा रहेको विरेन्द्र माध्यमिक विद्यालयका यस वर्षको एसईई दिएका विद्यार्थीहरूले विद्यालयलाई खेलकुद सामग्री प्रदान गरेका छन्।
विद्यालयका प्रधानाध्यापक बर्मन बुढाका अनुसार २०८२ सालको एसईईमा सहभागी भएका १७औँ ब्याचका विद्यार्थीहरूले विद्यालयबाट विदाइ हुँदै जाँदा सम्मान तथा सम्झनाको रूपमा करिब २० हजार रुपैयाँ बराबरका १८ सेट जर्सी र एक थान भलिबल प्रदान गरेका हुन्।
विद्यार्थीहरूको यस योगदानले विद्यालयको खेलकुद गतिविधिमा सकारात्मक सहयोग पुग्ने अपेक्षा गरिएको छ। विद्यालयले विद्यार्थी हरूलाई आगामी शैक्षिक यात्राको पनि सफलताको शुभकामना व्यक्त गरेको छ।
१५६ पटक हेरीएको
टेक मगर