कर्णाली

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ४ को मृत्यु

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ४ को मृत्यु

सल्यान, सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । गम्भीर घाइते ३० वर्षका मानबहादुर थापाको सुर्खेतको मेहलकुनास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृत्यु हुनेको संख्या चार पुगेको हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले घटनास्थलमै थाराका वर्ष ५२ का टोपबहादुर थापा, ठगे घर्ती र २९ वर्षका कर्णबहादुर पुनको मृत्यु भएको जानकारी गराए । उनका अनुसार दुर्घटनामा घाइते भएका १४ जनाको मेहलकुनास्थित अस्पतालमा उपचार भइरहेको छ । १४ मध्ये ६ जनाको अवस्था गम्भीर छ । 

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका-८ थारादेखि कालीमाटी गाउँपालिका-१ लक्ष्मीपुरतिर जाँदै गरेको लु.प्र. ००१ ज ०२७१ नम्बरको जिप अनियन्त्रित भएर शनिबार बेलुकी ५:३० बजेतिर बन्गाड कुपिण्डे-१२ धाईरेमा दुर्घटना भएको हो । जिपमा १८ जना सवार थिए । 

४३ पटक हेरीएको

सम्बन्धित समाचार