समाचार

एमसीसी नेपाल: पाँच वर्षभित्र परियोजना सकिएन भने के हुन्छ?

एमसीसी नेपाल:  पाँच वर्षभित्र परियोजना सकिएन भने के हुन्छ?

नेपाल र संयुक्त राज्य अमेरिका दुवैले उच्च प्राथमिकतामा राखेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजना पाँच वर्षभित्र सम्पन्न नभए त्यस अन्तर्गत प्रतिबद्धता जनाइएको रकम आउन बन्द हुने एक जना अधिकारीले बताएका छन्।

उक्त कम्प्याक्टको कार्यान्वयनको पूर्व तयारीका लागि ६ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिसकेको एमसीए-नेपालले जानकारी दिएको छ।

एमसीसी कम्प्याक्टको कार्यान्वयनका लागि नेपाल सरकारले गठन गरेको मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए-नेपाल) नामक विकास समितिले परियोजनाको कार्यान्वयनका लागि दिन गन्ती सुरु गर्न आवश्यक पूर्व तयारी सम्पन्न भएको निष्कर्ष केही समय पहिले निकालेको थियो।

उक्त निर्णयलाई वाशिङ्टनस्थित एमसीएले अनुमोदन गरेपछि नेपाल र एमसीएका अधिकारीहरूले बुधवारबाट एमसीसीको कार्यान्वयनको ठोस चरण थाल्न लागेका हुन्।

१४० पटक हेरीएको

सम्बन्धित समाचार