हाईलाइट

डिजिटल नेपाल बनाउने सपना देखेको छु : प्रधानमन्त्री दाहाल

डिजिटल नेपाल बनाउने सपना देखेको छु : प्रधानमन्त्री दाहाल

असोज ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘डिजिटल नेपाल’ निर्माण गर्ने आफ्नो सपना रहेको र त्यसका लागि काम गर्न चाहेको बताएका छन् ।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्रीले आज बेइजिङस्थित डिजिटल कम्पनी हुवावेको अवलोकन गरेपछि उक्त कुरा बताउनुभएको हो ।

‘विज्ञान र सूचना प्रविधिको बढ्दो विकाससँगै वर्तमान विश्व बिस्तारै डिजिटल स्वरूपतर्फ अघि बढिरहेको छ । हाम्रो पनि नेपाललाई डिजिटल नेपाल बनाउने सपना छ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले नेपालको सूचना प्रविधि क्षेत्रमा विज्ञान र प्रविधिको विकासको दृष्टिले अझै प्रारम्भिक अवस्थामा रहेकाले त्यसमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आह्वान गरे ।

नेपालमा चिनियाँ उद्योगी तथा व्यवसायीले लगानी गर्ने धेरै क्षेत्र रहेको र त्यसमध्ये सूचना प्रविधि क्षेत्र पनि नयाँ र लाभदायक रहेको बताउँदै उहाँले यस क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्रीले लगानीका लागि नेपाल आउने विश्वका सबै लगानीकर्ताको लगानी सरकारले सुरक्षित गर्ने बताउँदै लगानीका लागि नेपाल सरकारले पनि वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्रीसँगै उहाँसँगै आएको नेपाली प्रतिनिधिमण्डलका सदस्यले पनि आज कम्पनीको मुख्यालयको भ्रमण गरेका थिए । कम्पनीका उच्च अधिकारीहरूले प्रधानमन्त्री र उहाँको टोलीलाई स्वागत गरेका थिए।

बहुराष्ट्रिय कम्पनीले मोबाइल फोन, ल्यापटप जस्ता इलेक्ट्रोनिक सामान र ग्याजेटहरू उत्पादन गर्छ।

१५० पटक हेरीएको

सम्बन्धित समाचार