मुख्य समाचार

रोल्पामा वृद्धमाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

रोल्पामा वृद्धमाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

रोल्पा — वृद्धमाथि जबर्जस्ती करणी गरेको आरोपमा रोल्पाको थबाङ गाउँपालिका–२ का ५२ वर्षीय धुते रोका पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय घर्तीगाउँका अनुसार साउन २३ गते राति करिब ९ः३० बजे थबाङ–२ कै ६२ वर्षीया महिलामाथि घरमै एक्लै भएको अवसर पारी करणी गरेको आरोपमा पीडित पक्षले साउन २८ गते लिखित उजुरी दिएको थियो।

उक्त उजुरीका आधारमा इलाका प्रहरी कार्यालय थबाङका इन्चार्ज प्रहरी निरीक्षक विदुरचन्द्र अधिकारीको नेतृत्वमा खटिएको टोलीले रोकालाई बिहीबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

६६१ पटक हेरीएको

सम्बन्धित समाचार