हाईलाइट

प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

असोज ५, न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता भएको छ ।

महासभामा सहभागी हुन आएका विभिन्न देशका प्रतिनिधिको सम्मानमा बाइडेनले रात्रिभोज आयोजना गरेका थिए । बाइडेनसँग भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटपछि प्रधानमन्त्रीले बाइडेन दम्पतीलाई न्यानो आतिथ्यताका लागि कृतज्ञता र धन्यवाद व्यक्त गरे।

२०० पटक हेरीएको

सम्बन्धित समाचार