२७ कात्तिक, काठमाडौं । कैलाली जिल्लाको भजनी नगरपालिका–६ नवलपुरमा आइतबार राति सुदूरपश्चिम प्रदेश ०१ ००९ प ११२९ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सोही ठाउँमा बस्ने २२ वर्षीया तारा चौधरीको दुर्घटनामा मृत्यु भएको थियो । गम्भीर घाइते चौधरीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्ज लगिएको थियो । चौधरीको उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
१९८ पटक हेरीएको