२ माघ, काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षदेखि सङ्घीय सरकारले रु तीन करोडभन्दा बढीका आयोजना कार्यान्वयन गर्ने बताउनुभएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिकाको शेराबगरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्रीले सङ्घ र प्रदेश सरकारबाट आयोजना कार्यान्वयनका लागि नयाँ नियम बनाएको बताउँदै एक करोडभन्दा बढीका आयोजना प्रदेश सरकारले कार्यान्वयन गर्ने बताए । बजेट।
तीन तहका सरकारबाट आयोजना कार्यान्वयनमा देखिएको अन्योल अन्त्य गर्दै आयोजनामा बजेटको आकार निर्धारण गरिएको हो । मन्त्री महतले जनताको माग, चासो र चुनौतीलाई मध्यनजर गर्दै तीन तहका सरकार सक्रिय भएर काम गरिरहेको बताए ।
मन्त्री महतले आयोजना कार्यान्वयनमा समन्वयलाई प्राथमिकतामा राखिने बताए ।
१६४ पटक हेरीएको