लुम्बिनी

रोल्पाको परिवर्तन गाउँपालिकामा एक वर्षदेखि एम्बुलेन्स सेवा ठप्प:बजेट अभाव भन्दै पालिका मौन

रोल्पाको परिवर्तन गाउँपालिकामा एक वर्षदेखि एम्बुलेन्स सेवा ठप्प:बजेट अभाव भन्दै पालिका मौन

रोल्पा,साउन २१/ रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा एक वर्षदेखि एम्बुलेन्स सेवा ठप्प हुँदा स्थानीयवासी गम्भीर सास्तीमा परेका छन्। बिरामी तथा आकस्मिक सेवाका लागि गाउँबाट अस्पताल लैजान गाह्रो भइरहे पनि पालिकाले हालसम्म समाधान गर्न सकेको छैन ।परिवर्तन गाउँपालिकामा सञ्चालित एम्बुलेन्स एक वर्षअघि बिग्रिएपछि हालसम्म मर्मत वा नयाँ खरिदको व्यवस्था हुन सकेको छैन। सुत्केरी, बिरामी, अपाङ्गता भएका व्यक्ति तथा अन्य आपतकालीन अवस्थाका नागरिकहरूलाई उपचारका लागि समयमै स्वास्थ्य संस्था पुर्‍याउन नसकिँदा जनस्वास्थ्यमा असर परेको छ।
एक स्थानीय बासिन्दाले भने,”हामी बिरामी हुँदा कसैको गाडी मागेर वा निजी गाडीमा लैजानुपर्छ। तर पालिकाका जनप्रतिनिधिहरू सरकारी गाडीमा हिँडिरहेका छन्। एम्बुलेन्सभन्दा आवश्यक अरू के हुन सक्छ र?
अर्का एक स्थानीयले बताए अनुसार,”हामीले एक वर्षदेखि एम्बुलेन्सको माग गर्दै आएका छौँ, तर पालिकाले अझै चासो दिएको देखिँदैन।
तर, यस विषयमा पालिका अध्यक्षसँग बुझ्दा उनले भने,”पुरानो एम्बुलेन्स मर्मत गर्न धेरै खर्च लाग्ने देखिएको छ। नयाँ एम्बुलेन्स खरिद गर्न हाल गाउँपालिकाको बजेटमा सम्भव नभएको बताउनुभयो ।
अध्यक्षका अनुसार बजेट अभावका कारण तत्कालीन रूपमा समाधान सम्भव नभए पनि आगामी आर्थिक वर्षमा यस विषयमा प्राथमिकता दिने तयारी भइरहेको छ।
यता, नागरिक समाज र युवाहरूले भने अब पनि पालिकाले चासो नदिए दबाबमूलक कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

५२७ पटक हेरीएको

सम्बन्धित समाचार