रोल्पा, त्रिवेणी – विरेन्द्र माध्यमिक विद्यालय गाङका विद्यार्थीहरू विद्यालयबाट घर फर्किने क्रममा त्रिवेणी–७ तिला नजिकैको जंगलमा अरिङ्गालको टोकाई बाट ७ जना विद्यार्थी घाइते भएका छन्।
घाइते विद्यार्थीहरूलाई गैरीगाउँ स्वास्थ्यचौकीमा प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल रेउघा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ रिफर गरिएको विद्यालयले जनाएको छ।
उपचारका क्रममा कक्षा शिशुमा अध्ययनरत ७ वर्षका मोहन परियारको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा राति १:१० बजे मृत्यु भएको विद्यालयका प्रधानाध्यापक वरमान वुढालेले जानकारी दिनुभयो ।
अन्य घाइतेहरूमध्ये कक्षा ५ मा अध्ययनरत शंकर परियारको
स्वास्थ्य अवस्था गम्भीर रहेको छ,भने आयुष परियार (कक्षा ७) उपचारपछि घर फर्किएका छन् भनेे सुनिता परियार (कक्षा १०), मनिषा परियार (कक्षा ४), कमल परियार (कक्षा के.जी.) र आशिष परियार (कक्षा शिशु) घाइते भएका हुन्। उनीहरूको अवस्था सामान्य रहेको छ ।
५ जनाको घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको छ।
९५९ पटक हेरीएको