हाईलाइट

प्रधानमन्त्री दाहाल आज कैलाश हिमाल मानसरोवर पुगे

प्रधानमन्त्री दाहाल आज कैलाश हिमाल मानसरोवर पुगे

असोज ११, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज कैलाश हिमाल र मानसरोवर तालको भ्रमण गर्ने कार्यक्रम छ । उनी बुधबार तिब्बतको ल्हासा पुगेका हुन् ।

प्रधानमन्त्री दाहाल तिब्बत एयरलाइन्सको विमानमा गोङ्गर विमानस्थलबाट ल्हासादेखि कैलाश पर्वतको लागि प्रस्थान गर्नेछन् । यी स्थलहरूको तीर्थयात्राको क्रममा उहाँको टोलीका सदस्यहरू पनि उहाँसँग हुनेछन्।

उत्तरी छिमेकी मुलुकको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ल्हासा बसाइका क्रममा विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण भ्रमण गरेका थिए ।

११६ पटक हेरीएको

सम्बन्धित समाचार