असोज २२, काठमाडौं । इजरायलका विभिन्न स्थानमा भएका आतंकवादी हमलामा १० नेपाली विद्यार्थीको मृत्यु भएको र एक जना बेपत्ता भएको इजरायलस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
दूतावासले शव व्यवस्थापनका लागि सम्बन्धित इजरायली अधिकारीसँग छलफल र शव स्वदेश ल्याउन यहाँ परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको थियो ।
हमासको आक्रमणमा परी मृत्यु हुनेमा कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने; जय पृथ्वी-६, बझाङका गणेशकुमार नेपाली; बौनिया–३ कैलालीका आशिष चौधरी; लेखम–५, दार्चुलाका दिपेशराज विष्ट; मल्लिकार्जुन–४, दार्चुलाका लोकेन्द्रसिंह धामी ।
त्यस्तै धनुषाको सापाही–६ का आनन्द साह; मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार; पाँचाली–३, डोटीका राजन फुलरा; लमिखाल–८, डोटीकी पद्मा थापा; इजरायलमा भएको आतंकवादी हमलामा सल्यानको शारदा–३ का प्रवेश भण्डारीको पनि मृत्यु भएको थियो ।
आक्रमणमा घाइते भएका ६ नेपालीको विभिन्न अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी बेपत्ता भएका छन् ।
११३ पटक हेरीएको