समाचार

राष्ट्रपति पौडेलले दशैंको टीका विशिष्ट व्यक्तित्व र सर्वसाधारणलाई लगाइदिने

राष्ट्रपति पौडेलले दशैंको टीका विशिष्ट व्यक्तित्व र सर्वसाधारणलाई लगाइदिने

कार्तिक ७, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा विशिष्ट व्यक्तित्व र सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार राष्ट्र प्रमुखबाट दशैँको टीका ग्रहण गर्न चाहनेलाई विभिन्न समय तोकिएको छ । राष्ट्रपतिले दशैँको टीका लगाइदिने समय दिउँसो २ बजेदेखि ५ बजेसम्म तोकिएको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । राष्ट्रपतिबाट दशैं टिका लिन चाहने जो कोहीले गेट नम्बर १ बाट कार्यालयमा प्रवेश गर्न अनुरोध गरिएको छ ।

१४९ पटक हेरीएको

सम्बन्धित समाचार