१६ माघ, काठमाडौं । राष्ट्र र जनताको हितका लागि जीवन आहुति दिने सहिदको सम्झनामा आज देशभर शहीद दिवस मनाइँदैछ ।
प्रत्येक वर्ष माघ १६ गते विभिन्न समयमा प्रजातन्त्र र स्वतन्त्रताको स्थापना र पुनस्र्थापनाका लागि जीवन आहुति दिने सहिदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ । शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत देशमा प्रजातन्त्र स्थापनामा पुर्याएको योगदानको स्मरण गर्दै यो दिवस मनाइन्छ । तत्कालीन राणा शासन विरुद्ध जीवन आहुति दिने वीर सहिदहरुको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न गैरसरकारी संघसंस्थाको पहलमा शहीद सप्ताह मनाइन्छ ।
स्वतन्त्रताको माग गर्दै राणा शासकले सन् १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते टेकुस्थित पाँचालीमा, माघ १३ गते सिफलमा धर्मभक्त माथेमा र माघ १५ गते गंगलाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा फाँसी दिएका थिए ।
११० पटक हेरीएको