२१ माघ, काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीले अवैध जग्गा अधिग्रहण गरे जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् ।
हिरासतमा रहेका व्यापारी चौधरीको बयान लिने क्रममा संलग्न अनुसन्धान अधिकृतले सो जानकारी दिएका हुन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठको उपस्थितिमा बयान लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । सोही घटनामा प्रहरीले जुत्ता कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र च्याम्पियन फुटवेयर प्रालि र सीजी चन्दवाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो । नियन्त्रणमा लिएपछि अनुसन्धान अघि बढाइएको छ ।
सिआइबीका एसएसपी दिनेशराज आचार्यले भने, “लामो अनुसन्धानपछि पक्राउ परेको हो, त्यसैले हतारमा कारबाही होइन।”
१११ पटक हेरीएको